नेभिगेशन
नेपाल प्रहरी

भारतबाट ब्राउन सुगर लिएर आएका दुई युवक बर्दियाको बढैयाताल क्षेत्रबाट पक्राउ

बर्दिया। बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बाँसगढी नगरपालिका–६ बस्ने २४ वर्षीय राम कुमार थारूलाई १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी, भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका बढैयाताल गाउँपालिका–५ बस्ने १७ वर्षीय किशोरलाई ४ सय ३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्