नेभिगेशन
नेपाल प्रहरी

साढे ४ क्विन्टल गाँजा बोकेको एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

काठमाडौं  । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट ठूलो परिमाणमा लागु औषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले पुस २७ गते राति करिब ८ बजे भेडेटार नजिक सडक छेउमा शंकास्पद अवस्थामा रोकिएको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा एम्बुलेन्सभित्र प्लास्टिकका पोका राखी लुकाइछिपाई ल्याइएको ४५९ किलो ९६५ ग्राम लागु औषध गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार गाँजा ओसारपसारमा प्रयोग भएको उक्त एम्बुलेन्स नियन्त्रणमा लिइएको छ भने घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्