नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधविरुद्धको कारबाहीमा बाँकेबाट ४ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा

बाँके । बाँके प्रहरीले लागूऔषधविरुद्धको कारबाहीका क्रममा ४ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुर चोकबाट १ सय मिलिग्राम ब्राउन सुगर र नगद १२ हजार ३ सय ६० रुपैयाँसहित २ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–६ करातिपुरका ३५ वर्षीय संजय कुमार साहु र जानकी गाउँपालिका–५ का २० वर्षीय साहिद अली साई छन्। प्रहरी चौकी गनापुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यस्तै, कोहलपुर नगरपालिका–१३ सिराहस्थित जंगल क्षेत्रबाट ३ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद २५ हजार रुपैयाँसहित थप २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय रेशम राना र चितवनको भरतपुर महानगरपालिका–८ का २२ वर्षीय धिरन श्रेष्ठ रहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले रेशम रानाले प्रयोग गरेको भे ७ प ६४८६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको बाँके  प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्