नेभिगेशन
नेपाल प्रहरी

भन्सार छलि ल्याइएका ९ लाख बढीको अवैध सामान बाँके प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । अबैध रूपमा भारतबाट भन्सार छलि नेपाल ल्याइएका करिब ९ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट नेपालतर्फ भन्सार छलि तस्करी गरी ल्याइएका लत्ताकपडा, सवारी साधनका पार्टपुर्जा, खाद्यान्न सामग्री, सुर्तीजन्य पदार्थ, मोबाइल, मोबाइलका पार्टपुर्जा तथा विद्युतीय सामग्री बरामद गरिएको हो।

बरामद गरिएका सामानको अन्दाजी मूल्य रु. ९,१७,९५० (नौ लाख सत्र हजार नौ सय पचास रुपैयाँ) बराबर रहेको बाँके प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्