नेभिगेशन
नेपाल प्रहरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३१ वर्षीय युवक कृष्ण पक्राउ

काठमाडौं । १६ वर्षीया बालिकालाई बलात्कार  गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोराधह नगरपालिका–८ झारवारी निवासी ३१ वर्षीय कृष्ण कुमार राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ। पीडित बालिकामाथि बलात्कार  गरेको भन्ने उजुरी परेपछि अस्थायी प्रहरी पोष्ट जुरोपानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्