नेभिगेशन
नेपाल प्रहरी

मल्लरानी क्षेत्रबाट बन्दुकसहित एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्युठानको मल्लरानी गाउँपालिका–२ मधुगैरा क्षेत्रबाट प्रहरीले एकनाले भरूवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका ५८ वर्षीय डानक बहादुर सार्की रहेका छन्। प्रहरी चौकी चुजाठाँटीबाट खटिएको प्रहरी टोलीले सार्कीको घर नजिकै तोरीको कुनिऊमा लुकाइछिपाई राखिएको अवस्थामा एकनाले भरूवा बन्दुक फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्युठान प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्