नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरबाट ब्राउनसुगरसहित ३१ वर्षीया महिला पक्राउ

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिर घर भई हाल बेलुवामा डेरा गरी बस्दै आएकी ३१ वर्षीया लाली वली योगीलाई १ ग्राम १६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।

पक्राउ परेकी योगीलाई दाङ जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्