नेभिगेशन
नेपाल प्रहरी

आफ्नै श्रीमतीको हत्या गर्ने ३० वर्षीय सतिङ दाहाल पक्राउ

कैलाली । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१३ राजपुरमा डेरा गरी बस्ने तथा सोही उपमहानगरपालिका–८ घर भएका ३० वर्षीय सतिङ दाहाललाई आइतबार राति पक्राउ गरिएको हो।

प्रहरीले जानकारी दिएअनुसार घरायसी विवादका क्रममा सतिङ दाहालले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी ३० वर्षीया श्रीमती हिरा दाहालको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सेती प्रादेशिक अस्पताल नजिकबाट अभियुक्त दाहाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्