नेभिगेशन
नेपाल प्रहरी

बैजनाथ गाउँपालिका क्षेत्रबाट ब्राउन सुगरसहित डिलबहादुर बाँके प्रहरीको नियन्त्रणमा

बाँके । बाँकेको बैजनाथ गाउँपालिका क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिलबहादुर बुढाथोकीलाई २ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद १० हजार रूपैयाँ सहित प्रहरीले पक्राउ गरिएको हो।

प्रहरी बिट बानियाभारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मंगलबार पक्राउ परेका बुढाथोकीविरुद्ध लागुऔषध कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्