नेभिगेशन
नेपाल प्रहरी

दाङमा २१ वर्षीया महिलामाथि जबरजस्ती करणी,२२ वर्षीय युवक पक्राउ

दाङ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–४ सुनपुर बस्ने २२ वर्षीय मधुसुदन भुषाल रहेको प्रहरीले जानकारी दिएको छ।

ती महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भुषाललाई पक्राउ गरेको हो।

पीडित महिलाको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अनुसार अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्