नेभिगेशन
नेपाल प्रहरी

आफ्नै ३ महिने छोराको हत्या आरोपमा सन्तबहादुर पक्राउ

गुल्मी । आफ्नै ३ महिने छोराको हत्या गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ। गुल्मीको इश्मा गाउँपालिका-२ छल्दीटार बस्ने ४६ वर्षीय सन्तबहादुर कुमाललाई आफ्नै छोराको हत्या आरोपमा आज बिहान  प्रहरीले पक्राउ गरेको हो।

गुल्मी प्रहरीका अनुसार सन्तबहादुरले रक्सी सेवन गरी ३ महिने छोरा सुवासको गए राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

गुल्मी प्रहरीले घटनाका बारेमा पक्राउ परेका सन्तबहादुरसँग अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्