नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको ५ लाखसहित भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

कैलाली। श्रोत नखुलेको लाखौं रुपैयाँसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

कैलालीको  धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित भारत घर भएका ३५ वर्षीय राहुल सिंहलाई प्रहरीले पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीक  अनुसार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

पक्राउ परेका राहुलसँग प्रहरीले थप अनुसन्धान जारी राखेको कैलाली प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्