नेभिगेशन
नेपाल प्रहरी

बाँकेको सिमलघारीबाट ब्राउन सुगरसहित युवक धनौली प्रहरीको नियन्त्रणमा

बाँके। बाँकेको खजुरा क्षेत्रबाट ब्राउन सुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका-६ सिमलघारीबाट ६४० मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँ बस्ने ३१ वर्षीय अशोक सुनारलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले अशोकलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका अशोकविरुद्ध आइतबार बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा धनौली प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्