नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट लागुऔषधसहित दुई जना बाँके प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका–१३ उधोपुर्वाबाट १ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगरसहित ३६ वर्षीय रोहित पुन पक्राउ परेका हुन्।

बाँके प्रहरीका अनुसार आइतबार साँझ प्रहरी चौकी तेलियनपुरबाट खटिएको टोलीले भे ३ प १४९४ नम्बरको मोटरसाइकलमा सवार पुनलाई नियन्त्रणमा लिएको हो। उनी नेपालगन्ज उपमहानगरपालिका–७ फूलटेक्रा निवासी हुन्।

यसैगरी बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ३ सय ५७ ट्याब्लेटसहित ४२ वर्षीय ईरसाद अलि पक्राउ परेका छन्। उनी सोही स्थानका बासिन्दा हुन्।

बाँके प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट नगरभवन तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले आइतबार राति उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्