नेभिगेशन
नेपाल प्रहरी

२८ हजार नेपाली नक्कली नोटसहित २५ वर्षीय युवक पक्राउ

काठमाडौं । प्रहरीले ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले २८ हजार नेपाली नक्कली नोटसहित २५ वर्षीय युवक बहिस मियाँलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार सुनसरीको हरिनगरा गाउँपालिका- १ मा रहेको किराना पसलमा सामान खरिद गर्ने क्रममा इनरुवा नगरपालिका-१० बस्ने २५ वर्षीय बहिसले नक्कली नोट दिएको सूचना प्राप्त भएपछि पक्राउ गरिएको हो।

गए राति ८ बजेतिर पसलमा सामान खरिद गर्ने क्रममा नक्कली नोट दिएर सर्वसाधारणलाई ठग्न खोजेको जानकारी पाउनासाथ प्रहरी चौकी रामनगर भुटाहको टोली बहिसलाई नक्कली नोटसहित पक्राउ गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बहिसको साथबाट नेपाली १ हजार दरका २८ थान नक्कली नोट फेला पारेको जानकारी दिएको छ।

पक्राउ परेका बहिसलाई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर हिरासत राखिएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्