नेभिगेशन
नेपाल प्रहरी

अमिलियाबाट भारतीय ट्रकसहित पौने २७ लाख बढीको जिम सामग्री दाङ प्रहरीको नियन्त्रणमा

दाङ । दाङ प्रहरीले अवैध रूपमा ढुवानी हुँदै गरेको ठुलो परिमाणमा ट्रकसहित जिम सामग्री बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम वोहराका अनुसार बिहीबार राति करिब साढे ११ बजे लमही नगरपालिका–९ स्थित अमिलिया चोकबाट इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले बुटवलबाट धनगढीतर्फ जाँदै गरेको युके ०६ सिबी ४६३३  नम्बरको भारतीय ट्रक चेकजाँचका क्रममा अवैध पौने २७ लाख रुपैयाँ बढीको  जिम सामग्री बरामद गरेको हो।

चेकजाँचका क्रममा ट्रकमा रहेका जिम सामग्रीको अनलाइन बिल तथा भिसिटिएस नभएको पाइएपछि अन्दाजी मूल्य २६ लाख ८१ हजार ६५८ रुपैयाँ बराबरको उक्त सामग्री बरामद गरिएको  डीएसपी वोहराले जानकारी दिएका छन् ।

बरामद गरिएको अवैध सामग्रीलाई आवश्यक कारबाहीका लागि बाँकेको कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको डीएसपी वोहराले  बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्