नेभिगेशन
सुरक्षा अपडेट

रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको जिपको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु,चालक फरार

काठमाडौं । रौतहटमा एक राजनीतिक दलको उम्मेदवारसँग सम्बन्धित जिपको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। इशनाथ नगरपालिकामा भएको उक्त दुर्घटनामा चार वर्षीया अल्फा खातुनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बालिका बाटो छेउमा खेलिरहेका बेला बा १५ च ४२४४ नम्बरको जिपले ठक्कर दिएको थियो। सो जिपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्र नम्बर–२ का उम्मेदवार सेख सागिरको नाम उल्लेख गरिएको स्टिकर टाँसिएको पाइएको छ।

प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार दुर्घटनाको समयमा उम्मेदवार भने गाडीमा सवार थिएनन्।  स्थानीय बासिन्दा सागिर मोहम्मदकी छोरी अल्फा खातुनलाई ठक्कर दिएपछि गम्भीर घाइते बनाएको र उपचारका क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा संलग्न जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्