नेभिगेशन
नेपाल प्रहरी

लागुऔषध मुद्दाका फरार प्रतिवादी बर्दिया प्रहरीको नियन्त्रणमा, झण्डै १ वर्षको थियो कैद

बर्दिया । बर्दिया प्रहरीले झण्डै एक वर्ष कैद सजाय पाएका एक फरार प्रतिवादीलाई समात्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी तारातालबाट खटिएको टोलीले बर्दिया जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ९ महिना १० दिन जेल सजाय तोकिएका ३० को दोर्णराज गुरुङलाई पक्राउ गरेको हो।

अदालतको फैसला पश्चात् फरार रहेका मधुवन नगरपालिका- ८ गाउँ नम्बर ६ का दोर्णराजलाई मधुवन नगरपालिका-७ गंगाबस्तीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

पक्राउ परेका दोर्णराजलाई आबश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालतमा बुझाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्