नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको लाखौं नगदसहित भारतीय युवक प्रहरीको नियन्त्रणमा

कैलाली। प्रहरीले श्रोत नखुलेको ६ लाख रुपैयाँ बढी सहित एक युवकलाई पक्राउ गरेको छ।

कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख २३ हजार रूपैयाँ सहित भारतको लखिमपुरका ३० वर्षीय योगेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ बिएफ ७१६१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका योगेशविरुद्ध थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्