नेभिगेशन
नेपाल प्रहरी

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा चुडामणी पक्राउ

काठमाडौं । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

संखुवासभाको चिचिला गाउँपालिका-१ बस्ने खाँदबारी नगरपालिका-६ घर भएका २४ वर्षीय चुडामणी चौलागाईलाई प्रहरीले महिलालाई जबरजस्ती करणीको पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले संखुवासभाले जानकारी दिएको छ।

प्रहरीका अनुसार चौलागाईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चिचिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चुडामणीविरुद्ध अनुसन्धान अगाडि बढउदै आज संखुवासभा अदालतबाट म्याद थप गर्ने तयारी गरेको संखुवासभा प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्