नेभिगेशन
नेपाल प्रहरी

दाङमा ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप ३१ वर्षीय युवक पक्राउ

दाङ। दाङमा ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  तुलसीपुर उपमहानगरपालिका-७  कुमाल गाउँ बस्ने ३१ वर्षीय यज्ञ बोहरा रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्