नेभिगेशन
नेपाल प्रहरी

खजुराको रिमझिम चोकबाट ब्राउन सुगरसहित दुई युवक बाँके प्रहरीको नियन्त्रणमा

बाँके। बाँके खजुरा क्षेत्रबाटप्रहरीले ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  खजुरा गाउँपालिका-२ रिमझिम चोकबाट ४१० मिलिग्राम  ब्राउनसुगरसहित २ जनालाई खजुरा गाउँपालिका-२ मा डेरा गरी बस्ने २४ वर्षीय सिमन विक र ३८ वर्षीय दल सिह थापालाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सिमनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।  

प्रहरीले आज कार्यालय समय खुलेपछि बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा अनुसन्धान अगाडि बढाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्