नेभिगेशन
नेपाल प्रहरी

दाङमा एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर पक्राउ

दाङ। रबि लामिछाने सुर्खेतबाट दाङको घोराहीतर्फ आउने क्रममा तुलसीपुरमा आयोजना गरिएको स्वागत कार्यक्रममा भीडका बीच नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाइएको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

फागुन ७ गते बिहीबार राति करिब साढे ९ बजेतिर तुलसीपुर उप–महानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पहिचान भएका तुलसीपुर उप–महानगरपालिका–७ कालाखोलाका  ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बस्नेतमाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ।

प्रहरीले समाजमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुग्ने खालका गतिविधि नगर्न सम्पूर्ण सरोकारवाला पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्