नेभिगेशन
नेपाल प्रहरी

दाङमा एमालेको झण्डा जलाइएको घटनामा थप दुई जना पक्राउ

दाङ— फागुन ७ गते राति साढे ९ बजे तुलसीपुर उप–महानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाइएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा तुलसीपुर–४, हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६, गाइडरका २४ वर्षीय विक्रम परियार रहेका छन्। यसअघि सोही घटनामा संलग्न रहेको आशंकामा बुद्धि बहादुर बस्नेत पक्राउ परिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हालसम्म पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी कार्य समेत जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेकाले अनुसन्धान पूरा भएपछि विस्तृत जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्