नेभिगेशन
नेपाल प्रहरी

जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

पाल्पा। ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीकै एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माथागढी गाउँपालिका-७ बस्ने १९ वर्षीय रेमबहादुर ठाडा रहेको प्रहरीले जानकारी दिएको छ।

रेमबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटना  सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्