नेभिगेशन
नेपाल प्रहरी

बाँकेमा विभिन्न स्थानबाट ब्राउन सुगरसहित ६ जना प्रहरीको नियन्त्रणमा

बाँके । बाँकेका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले कोहलपुर नगरपालिका-८ पिपिरीबाट २७ वर्षीय मान बहादुर केसीलाई १ ग्राम ४ सय ८० मिलिग्राम ब्राउनसुगरसहित बिहीबार दिउँसो पक्राउ गरेको हो।

त्यसैगरी, सोही टोलीले कोहलपुर नगरपालिका-९ झण्डहवा गाउँबाट २२ वर्षीय सुवास थारूलाई ६ सय मिलिग्राम ब्राउनसुगरसहित बिहीबार बेलुकी नियन्त्रणमा लिएको प्रहरीले  जनाएको छ।

यसैक्रममा जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट राँझाबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका-२० ज्ञानपुरबाट ३६ वर्षीय धनिराम कुर्मी समेत ३ जनालाई १ ग्राम २ सय ९० मिलिग्राम ब्राउनसुगरसहित बिहीबार साँझ पक्राउ गरेको छ।

पक्राउ परेकामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्