नेभिगेशन
नेपाल प्रहरी

बन्दुकसहित धन बहादुर प्रहरीको नियन्त्रणमा

डडेल्धुरा । प्रहरीले एक थान बन्दुकसहित ६० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका-१ सेल्टुडा बस्ने ६० वर्षीय धन बहादुर ठकुराठी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी चौकी रूपालबाट खटिएको टोलीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले पक्राउ परेका धन बहादुरलाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्