नेभिगेशन
नेपाल प्रहरी

बाँकेमा हँसिया प्रहारबाट महिलाको हत्या, आरोपी पक्राउ

बाँके । बैजनाथ गाउँपालिका–५ छमनियाकी ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा सोही स्थानका ५५ वर्षीय सिताराम थारूलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान सामान्य वादविवादको क्रममा सितारामले धारिलो हतियार हँसियाले प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले आरोपीलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्