नेभिगेशन
सुरक्षा अपडेट

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, सबै यात्रु सुरक्षित

काठमाडौं । खोटाङमा  हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘९एन–एएफक्यू’ कलसाइन भएको उक्त हेलिकप्टर अवतरणका बेला सन्तुलन गुमाएर पल्टिएको हो।

हेलिकप्टरमा १ जना पाइलटसहित ५ जना यात्रु गरी जम्मा ६ जना सवार रहेका थिए। दुर्घटनापछि सबै यात्रु सुरक्षित रहेको जनाइएको छ भने एक जनालाई सामान्य चोट लागेको छ। अन्य यात्रुको अवस्था सामान्य रहेको प्राधिकरणले जानकारी दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे उडेको हेलिकप्टर दिउँसो करिब ११:५१ बजे दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार अवतरणकै क्रममा समस्या आएको बताइएको छ।

यसैबीच, हेलिकप्टरमा शव बोकिएको भन्ने हल्ला निराधार रहेको प्राधिकरणले स्पष्ट पारेको छ।

घटनास्थलमा रहेका यात्रु तथा चालक दलको थप सहयोगका लागि काठमाडौँबाट अर्को हेलिकप्टर खोटाङतर्फ पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्