नेभिगेशन
नेपाल प्रहरी

बाँकेको बैजनाथ क्षेत्रमा अवैध उत्खनन् गर्ने ४ सवारी साधन नियन्त्रणमा

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँके ले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न ४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

बाँके प्रहरीका अनुसार चैत ४ गते  बैजनाथ गाउँपालिका–२ मैकैवारी क्षेत्रबाट अवैध उत्खनन् भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी  टोलीले एउटा जेसीबी ,२ वटा टिप्पर  र एउटा ट्याक्टर  गरी जम्मा ४ वटा सवारी साधन नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि बैजनाथ गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय मा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले नदीजन्य स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको पनि जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्