नेभिगेशन
नेपाल प्रहरी

सीमा पारीबाट अवैध रूपले ल्याइएको सामान बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइएका विभिन्न सामान बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार ५ गते दिउँसो १ बजे प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका वडा नं. ८ साघुनघारीस्थित सीमा नाकाबाट भन्सार छली गरी ल्याउँदै गरेको मोटरसाइकलका पार्टपुर्जा बेवारिसे अवस्थामा फेला पारेको थियो। उक्त सामानको अन्दाजी मूल्य रु ८१ हजार ९० रहेको प्रहरीले जनाएको छ।

यसैगरी, शनिबार दिउँसो साढे २ बजे मैनापोखरबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिकाको वडा नं. ८ स्थित सितलाबजार क्षेत्रमा लुकाइछिपाइ राखिएको पास्ता र कमला पसलका सामग्री बरामद गरेको छ। ती सामानको अन्दाजी मूल्य रु १२ हजार ४०० रहेको प्रहरीले जनाएको छ।

बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्