नेभिगेशन
नेपाल प्रहरी

कोहलपुरको बर्दहवा क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

बाँके । बाँकेको कोहलपुर क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार कोहलपुर नगरपालिका–२ बर्दहवाबाट ४ ग्राम १९० मिलिग्राम ब्राउन सुगरसहित २१ वर्षीय सत्य नारायण थारुसहित  दुई जनालाई गएराति पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेपछि नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ परेका दुवैमाथि इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्