नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको गणेशपुरबाट ब्राउन सुगरसहित ३५ वर्षीय गंगाराम पक्राउ

बर्दिया। लागुऔषध ब्राउन सुगरसहित प्रहरीले बर्दियाबाट एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका-११ गणेशपुरबाट ३ ग्राम २ सय ४० मिलिग्राम  ब्राउनसुगर  सहित बाँसगढी नगरपालिका-३ बस्ने ३५ वर्षीय गंगाराम सुनारलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बुधबार पक्राउ परेका उनलाई आज बर्दिया जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको बर्दिया प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्