नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा वन कार्यालयका अधिकृत पक्राउ

दाङ । तुलसीपुरका एक जना सरकारी कर्मचारी श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् ।तुलसीपुर उपमहानगरपालिका –१९ का ३६ बर्षीय गोपाल वली श्रीमतीको हत्या आरोपमा पक्राउ परेका हु्न ।

बिहीबार बेलुका दाउरा र रड प्रहार गरि गोपालले २८ वर्षीया श्रीमती कमला वलीको घर भित्रै बिभत्स हत्या गरेका थिए ।इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी हिरासतमा रहेका गोपाल डिभिजन वन कार्यालय वीरगंजमा लेखा अधिकृत पदमा कार्यरत थिए।

हत्या आरोपी गोपाल यसअघि रुकुम पश्चिममा वडा सचिवको रुपमा कार्यरत थिए। उनीहरुको स्थायी घर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका – १० हो । पछिल्लो केही बर्ष यता तुलसीपुरमा वली परिवार आफ्नै घर जग्गामा बस्दै आएको थियो ।

बिहीबार बेलुका करिब ६ बजेतिर घर भित्रै वन अधिकृत गोपालले श्रीमती कमला माथि आक्रमण गरि सक्त घाइते तुल्याएका थिए । गम्भीर अवस्थाकी कमलालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याइएको थियो ।

उपचारका क्रममा बेलुकी साढे ७ बजेतिर उनको मृत्यु भएको जिल्लाका निमित्त प्रहरी प्रबक्ता बाबुराम बस्नेतले जानकारी दिए । त्यसपछि गोपाललाई पक्राउ गरिएको थियो ।

चैत १ गते मात्रै गोपालका भाइ कक्षा ११ मा पढ्ने १७ बर्षीय महेन्द्र वलीले रुकुम पश्चिमस्थित झोलुङ्गे पुलबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको थियो । महेन्द्रले प्रेममा धोका पाएको भन्दै पुलबाट हाम फालेका थिए ।

गोपाल भाइको काज किरियाको काम सकेर दुई दिन अघि मात्रै तुलसीपुरस्थित घरमा आएको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ ।

वन अधिकृत गोपालले श्रीमती कमला माथि घर भित्रै निर्मम तरिकाले दाउरा र रडले आक्रमण गर्ने त्रममा उनका बुवा आमा पनि घरमै रहेको खुलेको छ ।

गोपाल र कमला बाट एक छोरा र छोरी छन् ।
हत्याको कारण खुली नसकेको भएपनि आपसी शंका उपसशंकाका कारण गोपालले श्रीमतिको हत्या गरेको प्रहरीको आशंका छ ।

कमलाका आफन्तका अनुसार उनी यसअघि पनि पटक र पटक श्रीमानको आक्रमणमा परेकी थिइन । श्रीमानको यातनाका कारण उनले अदालतमा माना चामलको मुद्दापनि दिएकी थिइन । त्यो मुद्दा बिचाराधिन रहेको आफन्तले बताएका छन् ।

कमला र उनका श्रीमान गोपालका बीचमा पछिल्लो केही समय यता सुमधुर सम्बन्ध थिएन । उनी याताना पीडित महिला रहेको र यही क्रममा गोपालले निर्मम तरिकाले आक्रमण गरि घर भित्रै हत्या गरेको आफन्तले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्