नेभिगेशन
नेपाल प्रहरी

युवकको हत्या आरोपमा ४५ वर्षीय उदय प्रहरीको नियन्त्रणमा

कपिलवस्तु। युवकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका-१ क्वाटर चोक बस्ने ३२ वर्षीय सुमन चौधरीको हत्या गरेको आरोपमा सोही नगरपालिका-१ बैरिया बस्ने ४५ वर्षीय उदय अधिकारीलाई नियन्त्रणमा लिइएको हो।

उदयले खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएका सुमनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका उदयलाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्