नेभिगेशन
नेपाल प्रहरी

बर्दियाबाट भन्सार छलीको ४५ क्विन्टल तोरी बोकेका ९ वटा अटो नियन्त्रणमा,९ जना पक्राउ

बर्दिया । बर्दियाबाट प्रहरीले साढे  १६ लाख रुपैयाँ बढीको अवैध सामानसहित सवारीसाधन नियन्त्रणमा लिएको छ।

शनिबार बिहान करिब ४ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले बर्दियाको गुलरिया नगरपालिका–११ भादापुलस्थित सिमाना नाकाबाट भन्सार छली गरी ल्याउँदै गरेको करिब ४५ क्विन्टल तोरी बरामद गरेको हो।

उक्त टोलीले अवैध रूपमा भित्र्याइएको तोरीसँगै अटो ८ थान र सुपर स्प्लेन्डर मोटरसाइकल १ थान समेत फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएको सम्पूर्ण सामानको अनुमानित बजार मूल्य रु. १६ लाख ८० हजार रुपैयाँ  रहेको प्रहरीले जनाएको छ।

यस क्रममा  बर्दियाको गुलरिया नगरपालिका–१० बस्ने वर्ष ५० का ल्याकद अलीलाई भे ३ प ५७४३ नम्बरको मोटरसाइकलसहित, गुलरिया–८ बस्ने वर्ष ३० का नसिम मनिहारलाई भे २ स १९२६ नम्बरको अटोसहित, सोही स्थान बस्ने वर्ष ६० का बराती मनिहारलाई ००३५ नम्बरको अटोसहित, वर्ष २४ का राजा मनिहारलाई भे २ स ७४२३ नम्बरको अटोसहित, वर्ष ३२ का शकिल मनिहारलाई भे २ स ५६९९ नम्बरको अटोसहित, गुलरिया–९ बस्ने वर्ष २० का आलिक तेलीलाई भे २ स ९६२४ नम्बरको अटोसहित, वर्ष २८ का जाबेत अहमल जोहाललाई  ००३५ नम्बरको अटोसहित, वर्ष ४० का जाहित अली अन्सारीलाई भे २ स ३२४६ नम्बरको अटोसहित तथा वर्ष ४३ का हनिप अनिहारलाई भे २ स ९६८४ नम्बरको अटोसहित नियन्त्रणमा लिइएको बर्दिया  प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको सामान तथा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्