नेभिगेशन
सुरक्षा अपडेट

तीव्रगतिको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु, चालक घाइते

काठमाडौं । मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा दुहबी नगरपालिका-९ का २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार प्र १-०२-०४८प ७९३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार विपिन गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दुहबी–९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तीव्रगतिका कारण दुर्घटना भएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्