नेभिगेशन
नेपाल प्रहरी

दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं । १२ र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको जानकी गाउँपालिका-७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई १५ वर्षीया बालिकाला जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसै संखुवासभामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका-७ फलाटे बस्ने १९ वर्षीय निसान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । निसानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरील उनलाई पक्राउ गरेको हो ।

प्रहरीले छुट्टाछुट्टै घटनामा पक्राउ परेका दुबै जनाविरुद्ध थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्