नेभिगेशन
नेपाल प्रहरी

बढैयातालबाट खैरो हेरोइनसहित २० वर्षीय युवक मैनापोखर प्रहरीको नियन्त्रणमा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका-५ फुलबारीमा पैदल हिडिरहेको अवस्थामा सोही स्थानका  २० वर्षीय साहिल थारुलाई ९० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो।

बाटोमा संकास्पद रुपले पैदल हिडिरहेको अवस्थामा साहिललाई चेकजाँच गर्ने क्रममा प्रहरीले कालो रङको धागोले बेरेर ५ पुडिया बनाई प्लाष्टिकमा राखेको अवस्थामा उक्त परिमाणम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

खैरो हेरोइनसहित सोमबार राति पक्राउ परेका साहिलविरुद्ध आज बर्दिया जिल्ला अदालतबाट म्याद थप गरेर मैनापोखर प्रहरीले लागुऔषध कसुरमा अनुसन्धान अगाडि बढाएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्