नेभिगेशन
नेपाल प्रहरी

अवैध रुपले ल्याइएको ठुलो परिमाणको माछा बाँकेको खजुरा क्षेत्रबाट प्रहरीको नियन्त्रणमा

बाँके । बाँकेको खजुरा क्षेत्रबाट अवैध रुपले भारतबाट ल्याइएको ठुलो परिमाणमा प्रहरीले माछा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका-३ बाट अवैध रूपले भारतबाट ल्याइएको ८० किलो माछा खजुरा प्रहरीले नियन्त्रणमा लिएको हो।

बरामद गरिएका माछाहरुमा प्रयास र मंगुर प्रजातिका रहेका छन् । मंगुर माछा भने नेपालमा विक्रीवितरण गर्नमा रोक लगाइएको छ।

बाँके प्रहरीले बरामद गरिएका माछालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज पठाइएको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्