नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट साढे १४१ ग्राम ब्राउन सुगर बरामद, ४ जना कारोबारी पक्राउ

बाँकेको नेपालगन्जबाट प्रहरीले एकैपटक १४१ ग्राम बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज-१ राष्ट्रिय बाणिज्य बैंक नजिकबाट लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र  जिल्ला प्रहरी कार्यालय बाँकेको  
टोलीले चेकजाँचका क्रममा १४१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित नेपालगन्जकै चार जना कारोबारीलाई पक्राउ गरेको हो।

ब्राउन सुगरसहित पक्राउ पर्नेहरुमा नेपालगन्ज- १६ जयसपुरका सोनु जोलाह, ईरफान जोलाह, मन्ना जोलाह र नेपालगन्ज १८ का सुमेर शेष रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

शुक्रबार राति पक्राउ परेकाहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्