नेभिगेशन
नेपाल प्रहरी

जबरजस्ती करणी मुद्दामा ६ वर्ष बढी कैद सजाय पाएका डुडुवाका दयाराम प्रहरीको नियन्त्रणमा

बाँके ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जबरजस्ती करणी मुद्दामा फरार रहेका डुडुवा गाउँपालिका-१ नयाँबस्तीका ५७ वर्षीय  मायाराम भनिने दयाराम कुर्मीलाई नियन्त्रणमा लिएको हो।

बाँके जिल्ला अदालतको २०८१ साउन २४ को फैसलामा दोषी ठहर भई ६ वर्ष ५ महिना १० दिन कैद सजाय पाएका दयाराम घरमै आएर लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दयारामलाई आज बाँके जिल्ला अदालत पेश गर्दै जिल्ला कारागार नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्