नेभिगेशन
नेपाल प्रहरी

नौबस्ता जेलबाट भागेका २१ वर्षीय ज्ञानेन्द्र पक्राउ, कैद थियो साढे ६ वर्ष

बाँके । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नौबस्ता कारागार बाँकेबाट भागेका कैदीलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध मुद्दामा ६ वर्ष ६ महिना कैद सजाय र २० हजार जरिवाना पाएर कारागारबाट भागेका कोहलपुर-१२ चप्परगौडीका २१ वर्षीय ज्ञानेन्द्र टमटा पक्राउ परेका हुन्।

फरार रहेका ज्ञानेन्द्रलाई आज पक्राउ गरेर आवश्यक कैद भुक्तानका लागि कारागार कार्यालय नौवस्तामा बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्