नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जको चौलिका चोकबाट ब्राउन सुगरसहित २२ वर्षीय युवक प्रहरीको नियन्त्रणमा

बाँके। बाँके प्रहरीले ब्राउन सुगरसहित २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का २२ वर्षीय हेमन्त शाही रहेका छन् ।

शाहीलाई नेपालगन्ज उपहानगरपालिका-१० स्थित  चौलिका चोकबाट १ ग्राम ३१० मिलिग्राम  ब्राउनसुगरसहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार राति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

ब्राउन सुगरसहित पक्राउ परेका शाहीलाई आज बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्