नेभिगेशन
नेपाल प्रहरी

रुपन्देहीमा प्रहरीले चलायो गोली, एक जना घाइते, तीन पक्राउ

बुटवल । रुपन्देहीमा प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको गोलीबाट एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोली लागेर घाइते हुनेमा रुपन्देहीस्थित रोहिणी गाउँपालिका-२ खुरहुरियाका विशाल यादव रहेका छन् । 

जिल्लाको रोहिणी गाउँपालिका- ४ कोटहवामा लागुऔषध ओसारपसार गरेर तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा  गोली चलाइएको हो।

प्रहरीका अनुसार  लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको हो।

गोली प्रहार गरेर लागुऔषधसहित विशाल यादव, भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।  वाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका विशाल यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ्न

लागुऔषध नियन्त्रण ब्यूरो  र रुपन्देही प्रहरीको टोलीले उनीहरुको साथबाट लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गर्दै घटनाबारे थप अनुसन्धान अगाडि बढाएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्