नेभिगेशन
नेपाल प्रहरी

दाङमा अवैध ढुंगा–बालुवा ओसारपसारमा संलग्न १३ सवारी नियन्त्रणमा, २१ फरार प्रतिवादी पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवैध रूपमा नदिजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) ओसारपसारमा संलग्न १३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

दाङ प्रहरीका अनुसार चैत १७ गतेदेखि चैत २३ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको र  ३ लाख ५९ हजार ५७ रुपैयाँ  जरिवाना पश्चात सम्बन्धित व्यक्तिहरूले सवारी साधन बुझेर लगेको बताइएको छ।

यसैगरी, फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियान पनि तीव्र बनाइएको  दाङ प्रहरीले जनाएको छ। चैत १५ गतेदेखि हालसम्म सञ्चालन गरिएको खोजतलास अभियानमा विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गरिएको छ।

पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत, घोराहीमा पेश गरिएको छ। उनीहरूको कुल कैद सजाय ४ वर्ष ९ महिना १९ दिन रहेको छ भने जरिवाना रकम १ लाख ६ हजार ९५७ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्