नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको मधुवनबाट अवैध सालका काठसहित दुई जना पक्राउ, अटो बरामद

बर्दिया । बर्दियाको मधुवनबाट प्रहरीले अवैध रुपले ल्याइदै गरिएको सालको काठसहित अवैध ओसारपसारमा संलग्न दुई जनासहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी खैरापुर ‘ख’बाट खटिएको प्रहरी टोलीले मधुवन नगरपालिका वडा नं. ९ स्थित गम्बु चोकको पक्की सडक खण्डमा चेकजाँच गर्ने क्रममा गुलरिया नगरपालिका वडा नं. १ बस्ने ३५ वर्षीय प्रमोद निसाद र २९ वर्षीय समीर थारुलाई सोमबार राति करिब साढे १२ बजे   नियन्त्रणमा लिएको बर्दिया प्रहरीले जनाएको छ।

बर्दिया प्रहरीका अनुसार उनीहरुले चलाएर ल्याएको रातो रंगको ब्याट्रीचालित अटोमा लोड गरी ल्याउँदै गरेको साल  काठ बरामद गरिएको हो। बरामद काठ ७ फिट लम्बाइका ३ थान गोलिया (२०.१४ क्युफिट) रहेको र  अनुमानित मूल्य रु. ३० हजार रहेको  छ।

यसैगरी, प्रहरीले अवैध ओसारपसारमा प्रयोग गरिएको १ लाख ५० रुपैयाँ बराबरको भे १ ह ९७४८० नम्बरको ब्याट्री अटो समेत बरामद गरिएको छ जनाएको छ। 

बरामद गरिएको काठ, पक्राउ परेका दुवै जना र नियन्त्रणमा लिइएको अटोलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्