नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जमा यात्रुलाई दुःख हैरानी दिने १८ जना बाँके प्रहरीको नियन्त्रणमा

बाँके। बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र विभिन्न स्थानमा यात्रुहरुलाई दुःख हैरानी दिने कार्यमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्क, धम्बोझी, पुष्पलाल चोक, वाटरपार्क लगायतका क्षेत्रबाट यात्रुहरुलाई जबर्जस्ती तानातान गर्ने तथा हैरानी दिने गतिविधिमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, दाङ र सुर्खेत जिल्लाका विभिन्न स्थानका बासिन्दा रहेका छन्। पक्राउ परेकामध्ये सुरज शर्मा, बिश्वास थापा, राजेश भट्टराई, तिर्थ यादव, अवौज भाट, बिरेन्द्र चन्द, हर्के थापा, रमेश परियार, निराजन बोहरा, सुमित अली, दिनेश ऐडी, नारायण ददेल, कृष्ण बिक, मोहन खाण, बिकाश सिंह ठकुरी, अब्जल खान, फरमान खाँ र साजन गुरुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ। यात्रुहरुको सुरक्षालाई ध्यानमा राख्दै यस्ता गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सर्वसाधारणलाई यस्ता अवाञ्छित गतिविधिबाट सचेत रहन र कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरेको छ।

सूचना अधिकारी दीपक पातलीले यात्रुहरुलाई सुरक्षित वातावरण प्रदान गर्न प्रहरी निरन्तर सक्रिय रहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्