नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जको जमुनाह क्षेत्रबाट ठुलो परिमाणमा लागुऔषधसहित ३ जना पक्राउ

बाँके । बाँकेको नेपालगन्जबाट खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले चैत २९ गते नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा चेकजाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रोल्पाको थवाङ गाउँपालिका–९ का २७ वर्षीय किरण बुढा, बाँकेको कोहलपुर नगरपालिका–१० का २४ वर्षीय सुदिप रैदास र डुडुवा गाउँपालिका–५ का ३२ वर्षीय हिरा लाल सुनार रहेका छन्।

प्रहरीका अनुसार किरण बुढाको साथबाट लागु औषध नाइट्राजेपाम ट्याब्लेट १०० थान बरामद गरिएको छ। यस्तै, सुदिप रैदासको साथबाट ११ ग्राम ७०० मिलिग्राम खैरो हेरोइन र हिरा लाल सुनारको साथबाट २ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्