नेभिगेशन
नेपाल प्रहरी

बलात्कार मुद्दाका फरार प्रतिवादी कयौं वर्षपछि प्रहरीको नियन्त्रणमा

काठमाडौं ।  लामो समयदेखि फरार रहेका बलात्कार मुद्दाका एक अभियुक्तलाई प्रहरीले अन्ततः नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–२, अमरैया निवासी ५४ वर्षीय बुरा ९बिरा० रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। उनलाई बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालतले २०६४ साल जेठ २० गते दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। तर फैसला लगत्तै उनी फरार हुँदै आएका थिए।

हालै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा उनलाई आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका रानालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्